National life

दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध चर्कियो, दुवै पक्ष नझुक्ने रणनीतिमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ चैत २०८१, बुधबार
599Shares
दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध चर्कियो, दुवै पक्ष नझुक्ने रणनीतिमा
ncell

विश्वकै सबैभन्दा ठूला दुई अर्थतन्त्रबीच व्यापार युद्ध चर्किएको छ। अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले लगाएको १०४ प्रतिशत आयातको करको बदलामा चीनले ८४ प्रतिशत महसुल घोषणा गरेको छ।

बुधबार चिनियाँ वित्त मन्त्रालयले अमेरिकाबाट आयात हुने सम्पूर्ण समानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको हो। भोलिबाट लागू हुने मन्त्तालयको भनाइ छ।

ट्रम्पले चिनियाँ सामानमा लगाएको १०४ प्रतिशत कर बुधबारदेखि नै लागू भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अमेरिकाले लगाएको करविरुद्ध यसअघि चीनले ३४ प्रतिशत कर घोषणा गरेको थियो। तर, ट्रम्पले पुनः कर ५० अंकले वृद्धि गरेपछि चीनले पनि उति नै मात्रामा कर थपेको हो।

ट्रम्पले आफूले ६० मुलुकविरुद्ध उच्च कर घोषणा गरेपछि सबैले फोन गरेर सौदाबाजी गर्न मरिहत्ते गरिरहेको दाबी गरेका छन्। यद्यपि, चीनले भने नझुक्ने बताउँदै आएको छ। एजेन्सी

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?