National life

‘दुई तिहाइको बहादुरी कुलमानमाथि नदेखाऊ’

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ फागुन २०८१, आइतबार
699Shares
‘दुई तिहाइको बहादुरी कुलमानमाथि नदेखाऊ’
ncell

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले वर्तमान सरकार देश र जनताको आवश्यकतालाई छोडेर सीमित स्वार्थ समूहको हितमा काम गरिरहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल एसोसिएट प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै बस्नेतले एउटा राष्ट्रसेवक कर्मचारीविरुद्ध सरकारले सार्वजनिक मञ्चबाटै विरोधमा उत्रिनु र पटक पटक स्पष्टीकरण सोध्नु अशोभनीय कार्य भएको बताएका हुन् ।

‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ सरकार देश र जनताको आवश्यकतालाई लत्त्याउँदै सीमित स्वार्थ समूहको हितमा काम गरिरहेको छ,’ बस्नेतले भने । उनले सरकारले आफ्नो असक्षमतालाई लुकाउन कुलमान घिसिङलाई पटक पटक स्पष्टीकरण सोध्ने गरेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सरकारले दुई तिहाइको बहादुरी एउटा राष्ट्रसेवक कर्मचारीमाथि नदेखाउन समेत सुझाव दिए ।

पूर्वगृहमन्त्री समेत रहेका बस्नेतले माओवादीको अगुवाइमा अहिलेको परिवर्तन आएको तर त्यसको नेतृत्व अरूले गरेका कारण अहिलेको समस्या देखा परेको बताए । सरकार आफैले ल्याएको अध्यादेशका कारण गम्भीर नैतिक संकटमा फसेको बस्नेतको भनाई थियो ।

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?