काठमाडौं । प्रतिनिधिसभा बैठक तीन घण्टा पर सारिएको छ।
सत्तापक्ष र प्रतिपक्षीबिच सदन सञ्चालनका सम्बन्धमा सहमति नजुटेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो एक बजे सूचना टाँसेर दुई बजेसम्मका लागि सारिएको छ ।
सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गर्दै आएका छन्।
यसअघि बसेको विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो।

































