काठमाडौँ । दुई वाणिज्य बैंक नेपाल राष्ट्रबैंकको कारबाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकको नियम अटेरी गर्दा उक्त दुई बैंक कारबाहीमा परेका हुन् ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई केन्द्रीय बैंकले सचेत गराएको हो । गत आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमासमा प्रभु बैंकलाई लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिइएको निर्देशन पालना नगरेको भन्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) अनुसार सचेत गराएको हो ।
साथै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । बैंक खाता खोल्दा र सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले नेपाल इन्भेस्टमेण्ट मेगा बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार सचेत गराइएको केन्द्रीय बैंकले जारी गरेको एक सूचनामा उल्लेख गरेको छ ।


































