काठमाडौँ । माओवादी केन्द्रका नेता जनार्दन शर्माले देशलाई मुठभेड हुनबाट जोगाउन आग्रह गरेका छन् । नेता शर्माले शनिबार आफ्नो फेसबुकमार्फत सो आग्रह गरेका हुन् ।
विभिन्न दलका नेताले दिएको अभिव्यक्ति र जेनजी पुस्ताहरूबाट आएको अभिव्यक्तिले देश मुठभेडमा जाने हो कि भन्ने आशङ्का भइरहेका बेला नेता शर्माको यस्तो अभिव्यक्ति आएको हो ।
उनले भनेका छन्– ‘राष्ट्र भन्दा ठुलो केही छैन ।
यतिबेला मुठभेड हुने र गर्नेतिर होइन शान्ति र वैधानिकता स्थापनाका लागि योगदान गरौँ ।’


































