काठमाडौँ। आज माघ २८ गते सोमबारकाका दिन नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो। पछिल्लो केही दिन यता सुनको मूल्य महँगो बन्दै गएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ कायम थियो ।
आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


































