National life

दोहोरो आईएसआईएन दूरदर्शी कदम भएको भन्दै तत्काल लागु गर्न सामूहिक माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ साउन २०८२, बुधबार
454Shares
दोहोरो आईएसआईएन दूरदर्शी कदम भएको भन्दै तत्काल लागु गर्न सामूहिक माग
ncell

काठमाडौँ । पुँजी बजार लगानीकर्ताका फरक फरक पाँच संघसंगठनहरुले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै दोहोरो आईएसआईएन लागु गर्नुपर्ने बताएका धारणा सार्वजनिक गरेका छन् ।

लगानीकर्ताका संघले आज विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईएसआईएन) सम्बन्धी निर्देशिका स्वागतयोग्य भएको भन्दै तत्काल लागु गर्न माग गरेका हुन् ।

जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल सेयर बजार लगानीकर्ता संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

दोस्रो बजार कारोबारमा रहेका केही कम्पनीका संस्थापक सेयरधनीहरुले लकइन अवधि नखुल्दै सेयर बिक्री गर्ने दुरुपयोग बढेको उनीहरूको आरोप छ।

Royal Enfield
nic asia capital
हाल सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अगाडि बढाएको आईएसआईएन सम्बन्धी निर्देशिकाको मस्यौदा विलम्ब नगरी स्वीकृत गर्न धितोपत्र बोर्डलाई उनीहरूले आग्रह गरेका छन्।

अहिले केही कम्पनीका संस्थापक लगानीकर्ताले कर्मचारीको मिलेमतोमा एउटै आईएसआईएनको गलत प्रयोग गरी कम्पनीको संस्थापक सेयर, सर्वसाधारणमा परिणत नहुँदै दोस्रो बजारमा उच्च मूल्यमा बिक्री गर्दै आएको भन्ने विषयमा तत्काल छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्न उनीहरूले माग गरेका छन् । आईएसआईएन सम्बन्धी व्यवस्था पुँजी बजारको लागि दूरदर्शी कदम हुने उनीहरूको दाबी छ ।

यो समाचार शेयर गर्नुहोस्
454SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?