National life

द नेसनल इन्स्योरेन्स डिस्कोर्स हुँदै, को–को हुँदैछन सहभागी ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ भदौ २०८०, शुक्रबार
602Shares
द नेसनल इन्स्योरेन्स डिस्कोर्स हुँदै, को–को हुँदैछन सहभागी ?
ncell

काठमाडौँ । बृहत राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ हुने भएकाे छ ।

बृहत राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ को ‘डुओलग’सत्रमा अर्थमन्त्री प्रकाशशरण महत आउने भएका छन् । विशेषगरी मुख्य ४ सत्रहरुमा छलफल हुनेछ । यसमा अर्थमन्त्रीसँग हुने डुओलग बिशेष सत्रको सञ्चालन कार्यक्रम संचालक राजु ढुंगेलले गर्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आगामी भाद्र १८ गते सोमबार काठमाडौंस्थीत सोल्टी होटलमा हुने उक्त कार्यक्रमको विशेष सत्रमा बीमा क्षेत्रको वर्तमान अवस्था, बीमा व्यवसायप्रति अर्थ मन्त्रालयको उत्सुकता, जनमासमा बीमा प्रतिको बुझाई, अर्थतन्त्रमा बीमा क्षेत्रको महत्वपूर्ण पाटो, स्थिती र चुनौती लगायतका विषयहरुमा बृहत परिसंवाद गरिने भएको हो ।

उक्त सत्रमा अर्थमन्त्रीलाई आजको बीमा क्षेत्रका यथार्थ र मिथकहरु, बीमा शिक्षा, विदेशी बीमा कम्पनीहरुमा निर्भरता कहालिलाग्दो अवस्था जस्ता विषयहरुमा गहन विमर्स हुने भएको छ ।

मुलभूत छलफल हुने मुख्य ४ विषय वस्तु यस्ता छन् :

१) बीमा समावेशीतामा संघीय सरकार र स्थानीय निकायबीचको सहकार्य

२) निर्जीवन बीमा क्षेत्रका चुनौती र नेपाली सन्दर्भमा यसका आयामहरू
३) नेपालमा जीवन बीमा कम्पनीहरूको प्रभाव,
४) नेपालमा बीमा कम्पनीहरुको सचेतना र डिजिटलाइजेशन

‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ किन ?

बीमा व्यवसाय शुरुवात भएको ५ दशकभन्दा लामो समय भइसकेको अवस्थामा पनि बीमा फाईदा नभई सुरक्षा हो भन्ने मुल शिक्षा जनमानसले बुझिरहेका छैनन् ।

कोभिड–१९ को संक्रमण, विगतमा आएको विनासकारी भूकम्पले बीमा नहुँदा सरकारकै ठूलो धनको क्षती हुन पुग्यो । फलस्वरूप आर्थिक मन्दीका कारण हाम्रो अर्थतन्त्र पनि प्रभावित भएको छ ।

यसै परिपेक्षलाई ध्यानकेन्द्रित गर्दै ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’ को आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।

को–को हुँदैछन सहभागी ?

कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महत, बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद शिलवाल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल लगायत अन्य बिशिष्ट व्यक्तीहरु र संचारकर्मीहरुको बाक्लो उपस्थित हुने बताइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?