काठमाडौँ । धरान उपमहानगरपालिका–१०, पुतली लाइनस्थित भाटभटेनी सुपरमार्केटको दोस्रो तलामा जलेको अवस्थामा शव फेला परेको छ। आगलागीपछि शरीरको केही अवशेष मात्रै भेटिएको प्रहरीले जनाएको छ।
जेन–जी आन्दोलनको क्रममा मंगलबार अराजक समूहले भाटभटेनीमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए। आगो बिहीबार बेलुका नियन्त्रणमा आए पनि चौथो तलामा पुनः आगो सल्केपछि दमकलले निभाउने प्रयास जारी छ।


































