काठमाडौँ । पूर्वगृहमन्त्री रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले दिएको आदेशप्रति असन्तुष्टि जनाउदै उच्च अदालत पोखरा पुगेका छन्।
कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेकसम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी मागेको विषयमा चित्त नबुझेको भन्दै आदेश बदर गर्न उनले माग गरेका छन्।
दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछाने उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । उनले पोखरामा दफा ७३ बमोजिम निवेदन दर्ता गराएका छन्।
लामिछानेलाई पुस २५ मा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
































