National life

नक्कली लाइसेन्स जारी गरेको आरोपमा यातायात कार्यालयका प्रमुखसहित ५ जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असार २०८१, आइतबार
1.4kShares
नक्कली लाइसेन्स जारी गरेको आरोपमा यातायात कार्यालयका प्रमुखसहित ५ जना पक्राउ
ncell

काठमाडौँ । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी गरेको आरोपमा प्रहरीले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुखसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उपसचिव ४५ वर्षीय केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्प्युटर अधिकृत ३७ वर्षीय पदमराज आचार्य, तत्कालीन यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत ३३ वर्षीय सुवास पौडेल, यातायात व्यवस्था कार्यालय चितवनमा कार्यरत सहायक कम्प्युटर अपरेटर ३० वर्षीय राजेश लम्साल र यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर ४७ वर्षीय दिलीपकुमार साह रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद लिई लिखत सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?