National life

नक्कली शरणार्थी प्रकरणका आरोपित बुढाथोकी पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१२ असार २०८०, मङ्गलबार
567Shares
नक्कली शरणार्थी प्रकरणका आरोपित बुढाथोकी पक्राउ
ncell

काठमाडौं,११ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा अदालतमा मुद्दा दायर भएपछि फरार रहेका थप एक अभियुक्त पक्राउ परेका छन् ।

सोमबार प्रहरीले शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा अदालतमा मुद्दा दायर भएका आशीष बुढाथोकीलाई काठमाडौंको मण्डिखाटारबाट पक्राउ गरेको हो ।

यस प्रकरणमा प्रहरीले एमाले नेता तथा प्रतिनिधि सभाका निलम्बित सांसद टोपबहादुर रायमाझी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणसहित ३० जनालाई अभियुक्त बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दा दाष्यर भएका ३० जना खभियुक्तमध्ये १८ जना जिल्ला अदालत काठमाडौंमा हाजिर भएका थिए भने १२ जना अझै फरार रहेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज पक्राउ परेका बुढाथोकी तीनै १२ फरार अभियुक्तमध्येका एकजना रहेको प्रहरीले जनाएको छ ।

यसअघिनै पक्राउ परेर अदालतमा हाजीर भएका १८ जना अभियुक्तमध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले १ असारमा आदेश दिएको थियो। भने अन्य दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?