काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले समिति बनाउने निर्णय गरेको हो ।
गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल यहि चैत २४ गते सकिंदैछ । योसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो ।
https://aarthikvoice.com/archives/57893
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समापनको दिन गन्ती सुरुभएसँगै नयाँ गभर्नरबारे सर्वत्र चासो फैलिएको हो । कानुन अनुसार कार्यकाल सकिनु भन्दा एक महिना अगावै बिदा बस्न सक्ने प्रावधान छ। यस प्रावधानका आधारमा गभर्नर अधिकारी बिदामा बसेको खण्डमा अधिकारीले चानचुन हप्ता दिन मात्रै राष्ट्र बैंकको गभर्नरको नेतृत्व सम्हाल्ने छन्।


































