काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् ।
सोमबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत मोदीले ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरेका छन् ।
साथै पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न नजिकबाट काम गर्न तत्पर रहेको उनको सन्देशमा उल्लेख गरिएको छ ।


































