National life
cg eloctronics

नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयकप्रति कर्मचारी संघको आपत्ति, आन्दोलनको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ माघ २०८१, मङ्गलबार
666Shares
नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयकप्रति कर्मचारी संघको आपत्ति, आन्दोलनको चेतावनी
muktinatha bikash bank

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी बनेको विधेयक संसदमा दर्ता भएकोप्रति नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघलगायतका संघसंस्थाले आपत्ति जनाएका छन्। मंगलबार विहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे समक्ष ध्यानाकर्ष पत्र बुझाउँदै दुई विधेयक दर्ता भएकोप्रति आपत्ति जनाएका हुन्।

‘प्रतिनिधिसभामा दर्ता भएको विधेयक सरोकारवाला, वौद्धिक वर्ग, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरु र पेशागत संघ संगठनहरु सँग कुनै छलफल नै नगरी नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्न नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधयेक,२०८१ दर्ता भएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण,लोकतान्त्रिक कर्मचारी संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

संघका अध्यक्ष गणेशप्रसाद भुसालद्वारा हस्ताक्षरित पत्रमा विगतमा आएको यस्तै आशयको विधेयकको विषयलाई लिएर १५ दिनसम्म सशक्त आन्दोलन पश्चात् स्थगन भएको पनि स्मरण गराइएको छ। ‘नेपालको हवाई क्षेत्रको एकमात्र सक्षम सबल एवं समृद्ध संस्थालाई अन्य विकल्प हुँदाहुँदै सरोकारवाला, वौद्धिक वर्ग, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरु र पेशागत संघ सङ्गठनहरुलाई वेवास्ता गरी तथा कुनै अमूक संस्थाले दिएको प्रतिवेदनको सुझावलाई मात्र सैद्धान्तिक आधार लिई दर्ता गरिएको प्रस्तावित विधयेकमा स्वार्थ समूहको वर्चस्व हुने गरी उड्डयन क्षेत्रको सामान्य जानकारी समेत नभएको व्यक्तिले नेतृत्व गर्न सक्ने गरी ल्याइएको विधेयकले प्राधिकरणको समग्र हित भन्दापनि अझ धरासायी बनाउने उदेश्यले दर्ता गरिएको विधेयकहरुलाई तत्काल स्थगन गर्न लोकतान्त्रिक कर्मचारी संघको जोडदार माग गर्दछ,’ पत्रमा भनिएको छ।

समग्र कर्मचारी र संस्थाको हित विपरीत पेस भएको विधयेक अघि बढेमा कानूनले दिएको अधिकार प्रयोग गरी चरणबद्धरुपमा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने पनि संघले चेतावनी दिएको छ। आन्दोलनका कारण नेपाली आकाशको सम्पूर्ण हवाई सेवा ठप्प हुँदा पर्ने दूरगामी असरलाई नजर अन्दाज नगर्न पनि संघले चेतावनी दिएको छ।

everest bank

नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघ नेपाल यातायात मजदुर संघ र इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडरेसनको सदस्य भएकाले उक्त विषयलाई अन्तर्राष्ट्रियकरण गरिनेपनि संघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?