National life

नागरिक लगानी कोषको खुद नाफा ३६.७४ प्रतिशतले वृद्धि,प्रतिशेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ साउन २०८०, आइतबार
523Shares
नागरिक लगानी कोषको खुद नाफा ३६.७४ प्रतिशतले वृद्धि,प्रतिशेयर आम्दानी कति ?
ncell

काठमाडौं । नागरिक लगानी कोषले गत आवको असार मसान्तको प्रतिवेदन अनुसार ९० करोड ७८ लाख रुपैयाँ खुद मुनाफा हासिल गर्न सफल भएको छ। कोषले अघिल्लो बर्षको तुलनामा ३६.७४ प्रतिशतको वृद्धि हासिल गर्न सफल भएको हो। कोषले अघिल्लो आव २०७८।७९ मा ६६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कूल लगानी १०‍.४७ प्रतिशत र कूल आय ११.३ प्रतिशतले बढेर क्रमशः २ खर्ब २१ करोड रुपैयाँ र आम्दानी १ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। ब्याज आम्दानी ४० करोड ४९ लाख रुपैयाँ गरेको छ। अघिल्लो आवमा ब्याजवापत जम्मा ३५ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको थियो । कोषबाट गत आवको असार मसान्तसम्ममका सहभागी सापटी तथा कर्जावापत कूल ५० अर्ब ५६ करोड रुपैयाँ लगानी भइसकेको छ। अघिल्लो आवमा यस्तो रकम ४२ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।

कोषको बीमा कोष दायीत्व १२ प्रतिशतले वृद्धि भएर ३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आव २०७८।७९ मा बीमा कोष दायीत्व ३ अर्ब १६ करोड ४५ लाख रुपैयाँ मात्र रहेको थियो

कोषको प्रतिशेयर आम्दानी १७.०८ हुन पुगेको छ। प्रति शेयर नेट वर्थ गत आवको चौथो त्रैमासमा १५४.८१ रूपैयाँ कायम भएको थियो। कोषको लगानीमा प्रतिफल ९.४ प्रतिशतमा उक्लिएको थियो ।

nic asia capital
अघिल्लो आवमा जम्मा ८‍.८७ प्रतिशत मात्र रहेको थियो । कोषसँग कूल ५ अर्ब ३१ करोड रूपैयाँ चुक्ता पूँजी छ।

यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?