National life

नागरिक लगानी कोषको शाखा प्रमुखहरुको एकदिने प्रथम भेला सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ जेठ २०८०, आइतबार
488Shares
नागरिक लगानी कोषको शाखा प्रमुखहरुको एकदिने प्रथम भेला सम्पन्न
ncell

काठमाडौं । नागरिक लगानी कोषको कास्की शाखाको आयोजनामा प्रदेशका शाखा प्रमुखहरुको एकदिने प्रथम भेला पोखरामा सम्पन्न भएको छ ।

कोषका संचालक समिति अध्यक्ष प्रा डा सूर्यबहादुर थापाले छलफलमा उठेका एजेण्डाहरु समय सापेक्ष रहेको बताए । कर्मचारीलाई देखिने गरी काम गर्न आग्रह गर्दै कर्मचारीको सेवा सुबिधा पनि बढाउदै लगिने पनि बताए ।

त्यस्तै केन्द्रीय कार्यालयका कार्यकारी निर्देशक रमण नेपालले एक्लैले गर्छु भनेर कुनै काम सम्भव न भएको बताउदै टिमवर्कमा गरेको कामले पुर्णता पाउने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले भने ”पोखरा शाखाले राम्रो कामको सुरुवात गरेको छ । आगामी वर्षदेखी केन्द्रीय कार्यालयले बजेट आउनु अघि प्रत्येक शाखा प्रमुखहरुलाई छ्लफलमा सहभागी गराउने छ । पुरानो शाखाको आधारमा प्रत्येक वर्ष एउटा शाखाले कार्यक्रम आयोजना गर्ने नीति नै बनाएर अगाडि बढौं।”

पोखरा शाखा कार्यालय प्रमुख नवराज गौतम, सुर्खेत शाखा प्रमुख प्रविण राई, बुटवल शाखा प्रमुख जय प्रकाश साह , अत्तरिया शाखा प्रमुख जीवन राज जोशी, बिराटनगर शाखा प्रमुख हिरामणी खतिवडाले लगानी कोषमा कार्यरत कर्मचारीको बृत्ति बिकास गर्न तालिम, गोष्ठी लगायत कार्यक्रमहरु गर्नु पर्नेमा जोड दिए । देश संघीय संरचनामा गइसकेकाले शाखा कार्यालयहरुलाई प्रादेशिक कार्यालयको मान्यता दिनुपर्ने भन्दै उनीहरुले आफ्नै भवनबाट सेवा प्रवाह गर्न तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराए ।

त्यस्तै कार्यक्रममा कोषका समस्या, चुनौती र भावी योजनाका बारेमा छलफल गरिएको कामु निर्देशक नवराज खड्काले जानकारी दिए । कार्यक्रमको संचालन पोखरा शाखा अधिकृत हरिश चन्द्रले गरेका थिए । भने वर्ष उत्कृष्ठ पोखरा शाखा कर्मचारी पुरस्कारबाट निशा कुवँरलाई नगद सहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको थियो ।

कोषले केन्द्रीय कार्यालय काठमाडौँ सहित पाँच प्रदेशमा शाखा कार्यालयहरूबाट सेवा प्रदान गरिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
488SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?