National life

निफ्राको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ चैत २०८०, आइतबार
733Shares
निफ्राको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) लिमिटेडले ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले संस्थापक सेयरधनीका लागि मात्रै खरिद आवेदन खुलाएको जनाएको छ ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको बानेश्वरमा रहेको बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा आवेदन दिनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
733SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?