National life

निर्माण व्यवसायी महासंघको निर्वाचन आज, को को छन् दाबेदार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१९ चैत २०८२, बिहिबार
1.4kShares
निर्माण व्यवसायी महासंघको निर्वाचन आज, को को छन् दाबेदार ?
ncell

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको १३ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। मतदान कार्यक्रम कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको छ।

अध्यक्ष पदका लागि कालिका कन्सट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी)लामा आमनेसामने छन्। दुवै पक्ष आफ्ना–आफ्ना प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठ उम्मेदवार बनेका छन्। यस्तै, पाण्डे पक्षबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दिएका छन्।

उपमहासचिव पदमा प्रमोद लामिछानेले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरिरहेका छन्। यस महाधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिनेछ।

यसैबीच, लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष पदमा सहदेव खड्का निर्विरोध निर्वाचित भएका छन्। सगुन कन्स्ट्रक्सनका सञ्चालक खड्का निकोलस पाण्डे समूहसँग आबद्ध हुन्। उक्त पदका लागि उनी मात्र उम्मेदवार रहेपछि निर्विरोध चयन भएका हुन्।

निर्माण व्यवसायीहरूको अधिकार संरक्षण, पेशागत सुरक्षाको सुनिश्चितता र व्यवसायमैत्री वातावरण निर्माणलाई प्रमुख एजेन्डा बनाएर खड्का महाधिवेशनमा सहभागी भएका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?