काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एक हदसम्म कर्मकाण्डी रहेको बताएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कार्यक्रममा समेटिएका आधारभूत कुराहरू अघिल्ला सरकारले ल्याएजस्तै विषयहरू रहेको बताए ।
प्रचण्डले भने–‘म एक हदसम्म भन्ठान्छु यो कर्मकाण्डी पनि छ । कैयौँ आधारभूत कुराहरू पोहोर साल, परार सालको सरकारले ल्याउने पनि यस्तै यस्तै हुन्थ्यो ।
विगतको भन्दा फरक पृष्ठभूमि र सन्दर्भका साथ नीति तथा कार्यक्रम आएको प्रधानमन्त्री बताए। उनले आफू संसद्को ९९ प्रतिशत सांसदको समर्थन रहेको प्रधानमन्त्री बनेको र अहिले पनि आफूसँग बहुमत बढी सदस्यको समर्थन रहेको उनले जिकिर गरे । उनले प्रमुख प्रतिपक्षी दल एमालेलाई इंगित गर्दै यो प्रधानमन्त्री बनाउन मेरो पनि लगानी छ भनेर किन सकारात्मक रूपमा नलिने भन्दै प्रश्न समेत गरेका छन् ।


































