National life

नुन बढी मूल्यमा नबेच्न व्यवसायीलाई आग्रह, बेचेको पाइएमा ३ लाखसम्म जरिवाना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ असार २०८१, बुधबार
692Shares
नुन बढी मूल्यमा नबेच्न व्यवसायीलाई आग्रह, बेचेको पाइएमा ३ लाखसम्म जरिवाना
ncell

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसनबाट वितरण भएको नुन बढी मूल्यमा नबेच्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आग्रह गरेको छ। अधिकतम मूल्यभन्दा बढी मूल्यमा नुन बिक्री भइरहेको जन-गुनासो आएको भन्दै विभागले बढी मूल्यमा नबेच्न व्यवसायीलाई आग्रह गरेको हो।

विभागले एक विज्ञप्ति जारी गरी बढी मूल्यमा बेचेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिने चेतावनी दिएको छ।

विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,नुन जस्तो अत्यावश्यक वस्तु बढी मूल्यमा बेचे दुईदेखि तीन लाख रूपैयाँ जरिवाना गरिने छ,

साल्ट ट्रेडिङले गत मंगलबारबाट लागु हुने गरी नुनको मूल्य बढाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मूल्य बढाएसँगै आयो नुन एक किलो प्याकेटको थोक मूल्य २३ रूपैयाँ भएको छ। त्यस्तै, उपभोक्ता मूल्य अब २६ रूपैयाँ पर्नेछ।

न्यू–शक्ति नुनु एक किलोको थोक मूल्य १७ रूपैयाँ र उपभोक्ता मूल्य २० रूपैयाँ कायम भएको छ। भानु नुनु एक किलोको मूल्य नौ रूपैयाँ तोकिएको छ।

यो समाचार शेयर गर्नुहोस्
692SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?