National life

नेपालको आर्थिक वृद्धि ४.३ प्रतिशत हुने आइएमएफको प्रक्षेपण, खराब कर्जा बढ्दै गएकोप्रति चिन्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२१ असोज २०८२, मङ्गलबार
1.1kShares
नेपालको आर्थिक वृद्धि ४.३ प्रतिशत हुने आइएमएफको प्रक्षेपण, खराब कर्जा बढ्दै गएकोप्रति चिन्ता
ncell

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत रहने अनुमान गरेको छ । आइएमएफले नेपालमा विकास तथा पुर्वाधारमा लगानी बढेको भन्दै सन् २०२४र२०२५ मा ४.३ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आइएमएफले नेपालको अर्थतन्त्र सानो भएकाले वर्तमान विश्वमा चलेको व्यापार युद्धको असर कम परेको बताएको छ । निर्माण र उत्पादन क्षेत्रमा बढ्दो लगानी, बढ्दो जलविद्युत् उत्पादन, प्राकृतिक प्रकोपबाट केहि असर देखिएपनि कृषि उत्पादनमा वृद्धि भएको आइएमएफको विज्ञप्तीमा उल्लेख छ ।

राष्ट्र बैंकले राखेको ५ प्रतिशतको मुद्रास्फीति लक्ष्यभित्र कायम रहने आइएमएफको अनुमान छ। वैदेशिक मुद्राको संचिति वृद्धि हुनु राम्रो पक्ष भएको भन्दै वैदेशिक रोजगारबाट आउने विप्रेषण र पर्यटनमा उल्लेखनीय वृद्धि भएको छ ।

नेपालको आर्थिक वृद्धिदर बढ्दै गएपनि बैंक तथा वित्तिय संस्थाहरुको खराब कर्जा बढ्दै गएकोप्रति आइएमएफले चिन्ता व्यक्त गरेको छ । बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय अवस्था अझै पनि चुनौतीपूर्ण रहेको भन्दै सजग हुनु पर्नेमा आइएमएफले सुझाव दिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?