National life

नेपालीलाई विदेशी भूमिबाट हतकडी र नेल लगाएर स्वदेश ल्याएको भन्दै सांसदहरूको आपत्ति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ फागुन २०८१, बिहिबार
432Shares
नेपालीलाई विदेशी भूमिबाट हतकडी र नेल लगाएर स्वदेश ल्याएको भन्दै सांसदहरूको आपत्ति
ncell

काठमाडौँ । अवैध रूपमा विभिन्न देशमा बसेका नेपालीलाई फर्काउने क्रममा अमानवीय व्यवहार भएको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

(आज) बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनीहरूले अमानवीय व्यवहारका साथ नेपालीहरूलाई फर्काउने काम भएको भन्दै सरकार गम्भीर हुनुपर्ने माग गरेका छन् ।

अमेरिकाले निष्कासन गरेका ११ जना नेपालीलाई चार्टर जहाजबाट बुधवार नेपाल फर्काएको थियो। उनीहरूलाई हात र खुट्टामा हतकडी र नेल लगाएर नेपाल फर्काइएको थियो।

Royal Enfield
nic asia capital

बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले अमानवीय व्यवहारका काम बन्द हुनुपर्ने र मानव अधिकार मूल्य मान्यताका आधारमा नेपालीलाई फिर्ता गर्नुपर्ने र यसमा सरकारले ध्यान दिनुपर्ने उनले बताए।

त्यस्तै माओवादी सांसद देवेन्द्र पौडेलले मानवअधिकारका अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरीत नेपालीलाई फिर्ता गरेको भन्दै आपत्ति जनाएका छन् । विदेशमा रहेका नेपालीलाई सुरक्षा गर्न र सहज रूपमा नेपालमा फिर्ता गर्नका लागि सरकारले गम्भीर कदम चाल्न उनले ध्यानाकर्षण गराएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
432SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?