काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयर धनीको नाममा रहेको २ लाख २३ हजार २९९ कित्ता सेयर बिक्रीमा ल्याएको छ।
यस शेयर खरिदका लागि पहिलो चरणमा बैंकका विद्यमान अन्य संस्थापक शेयर धनीहरूले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयर धनीहरूले आज, जेठ ६ गतेबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
सेयर खरिदका लागि आवेदन लाजिम्पाट, काठमाडौँस्थित बैंकको सेयर शाखामा दिनुपर्नेछ, जहाँ इच्छुक व्यक्तिले खरिद गर्न चाहेको सेयरको सङ्ख्या खुलाइ आवेदन पेश गर्नुपर्नेछ।
उल्लेखित शेयर निर्धारित अवधिमा खरिद नगरेको खण्डमा, बैंकले अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने जनाएको छ।

































