National life

नेपाल–चीनबीच पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न सहमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०९ असोज २०८०, मङ्गलबार
897Shares
नेपाल–चीनबीच पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न सहमति
ncell

काठमाडौँ । नेपाल र चीनबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वातावरण बनाउने सहमति भएको छ। दुई देशका प्रधानमन्त्रीबीच छलफलपछि जारी संयुक्त वक्तव्यमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सन्तोषजनक रहेको जनाउँदै अन्तर्राष्ट्रिय उडानका लागि सहजीकरण गर्ने सहमति भएको उल्लेख छ।

चीनकै ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल आन्तरिक (देशभित्र) उडान मात्रै भइरहेका छन्।

अब अन्तर्राष्ट्रिय उडान पनि गर्ने वातावरण बनाउन चीन र नेपालबीच सहमति भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘दुवै देशले आफ्ना एयरलाइन्स कम्पनीलाई उडान सुरु र थप उडानका लागि सहयोगसँगै सहजीकरण गर्ने’, संयुक्त वक्तव्यमा भनिएको छ, ‘पोखराबाट सिधा उडान गरी बजारको आवश्यकता, व्यापार र आर्थिक अन्तरक्रियाका लागि हवाई रुट व्यवस्थापन गर्ने।’

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान चिनियाँ एयरलाइन्स सिचुवान एयरलाइन्सले छेन्दुबाट गरेको थियो।

गत असार पहिलो हप्ता भएको ड्रागन बोट फेस्टिभलमा चिनियाँ चार्टड उडानमाफर्फत सिधै पोखरा आइपुगेका थिए।

यो समाचार शेयर गर्नुहोस्
897SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?