National life

नेपाल–चीन सचिव स्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै, यी हुन एजेन्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असार २०८१, मङ्गलबार
521Shares
नेपाल–चीन सचिव स्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै, यी हुन एजेन्डा
ncell

काठमाडौँ । आज काठमाडौँमा नेपाल–चीन सचिव स्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक बस्ने भएको छ ।

चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन र नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्ने उक्त बैठकमा दुई देशबिचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा द्विपक्षीय सम्झौताबारे छलफल गरिने परराष्ट्र मन्त्रालयको जानकारी छ ।

बैठकमा भाग लिनका चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपाल आइपुगेका थिए।  तीन दिने नेपाल भ्रमणमा रहेका उपविदेशमन्त्री सुनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरे। 

Royal Enfield
nic asia capital
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा हिजो भएको भेटमा प्रधानमन्त्री दाहाल र उपविदेशमन्त्री सुनबिच नेपाल–चीनबिचको द्विपक्षीय सम्बन्ध, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपालले चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डा छलफलका लागि तय गरेको छ। यस्तै व्यापारमा नेपालबाट राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने, व्यापार तथा भुक्तानीमा विज्ञ समूहको बैठक बस्नेबारे पनि छलफल हुने जनाइएको छ।

साथै सीमापार २२० केभी प्रसारण लाइन निर्माण र नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई छिटो सम्पन्न गर्नेबारे पनि बैठकमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। सन् २०१७ मा नेपाल र चीनबिच सम्झौता भएको बीआरआईको प्रगतिबारे चर्चा गर्ने र सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता र फौजदारी विषयमा पनि पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतालाई बैठकमा चीनले उठाउने तयारी गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?