काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीर भारतीय विदेश सचिव विजय मिश्रीबिच शिष्टाचार भेट भएको छ । सिंहदरबारमा भएको भेटमा द्विपक्षीय सरोकारका विषयमा छलफल भएको हो ।
प्रधानमन्त्रीसँगको भेटमा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल एवम् भारतीय अधिकारीहरुको सहभागिता रहेको थियो ।भेटका अवसरमा नेपाल र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
आइतबार बिहान दुई दिने भ्रमणमा नेपाल आएका मिश्रीलाई नेपाली समकक्षी लम्सालले विमानस्थलमै पुगेर स्वागत गरेकी थिइन् । भारतका विदेशमन्त्री एस जयशंकरले जलछिमेकी माल्दिभ्सको तीन दिने भ्रमण सकाएकै दिन भारतीय विदेश सचिवको स्थल छिमेकी नेपालमा दुई दिने भ्रमण सुरु भएको हो । उनी सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम छ।
































