National life

नेपाल लाइफका ११६ जना एमडिआरटी बिजेताहरु सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ पुस २०८०, मङ्गलबार
813Shares
नेपाल लाइफका ११६ जना एमडिआरटी बिजेताहरु सम्मानित
ncell

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी बिजेताहरुलाई एक कार्यक्रमको बिच सम्मान गरिएको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रमका बीचमा एमडिआरटी बिजेताहरुलाई कम्पनीले सम्मान तथा तालिम प्रदान गरेको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यही पौष २३ गते काठमाडौंका देशैभरिबाट एमडिआरडी बिजेताहरुलाई भेला पारेर विशेष सम्मान तथा पुनर्ताजगी तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

सन् २०२३ को जनवरी देखि डिसेम्वर अन्तिम दिनसम्म एमडिआरटीको लागि तोकिएको लक्ष्य पूरा गर्ने ११६ जना बीमा अभिकर्ताहरु एमडिआरटी २०२४ का लागि छनौट भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसरी छनौट भएका अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको हो । सो कार्यक्रममा एमडिआरटी, सिओटी र टिओटी बिजेताहरु सहभागी भएका थिए ।

देशको आर्थिक विषम परिस्थितिमा पनि नेपाल लाइफले १५ प्रतिशतले एमडिआरटीको संख्या बढाउन सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बताए । उनले भने ’संस्थाको आकार, संस्थाको भ्यालु अनुसार अहिलेको संख्या एकदमै कम हो । त्यसैले आगामी वर्षमा एमडिआरटीको संख्या दुई गुणाले बढ्दै जानु पर्यो । यसको संख्या बढाउन तपाईहरुले अझै ठुलो भुमिका निर्वाह गर्न सक्नु पर्छ ।’

सम्मान कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली तथा सञ्चालक समितिका अध्यक्ष गोविन्द संघाइ तथा अन्य सञ्चालकहरुको समेत उपस्थिति थियो। प्रमुख कार्यकारी अधिकृत पराजुलीले बीमा अभिकर्ता कम्पनीका मेरुदण्ड भएकोले उनीहरुकै अथक मेहनत, परिश्रमको कारण आज कम्पनी उत्कृष्ट बन्न सफल भएको बताउँदै आगामी दिनमा अझै उत्कृष्ट कम्पनी बनाउन अभिकर्ताहरुको थप भूमिका आवश्यक रहेको बताएका थिए ।

सिईओ पराजुलीले नेपाल लाइफको आजको सफलतामा बीमा अभिकर्ताहरुको योगदान अतुलनीय रहेको बताउँदै आगामी दिनमा पनि अभिकर्ताहरुबाट अझै थप योगदानको अपेक्षा गरिएको बताएका छन् । सम्मानित हुनेमा पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारी पनि छन् । कम्पनीको अभिकर्ता संघकमा निर्वाचित अधिकाम्स अभिकर्ताहरु एमडिआरटी बन्न सफल भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
813SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?