काठमाडौं । चालू आर्थिक वर्ष २०८०-८१ को दोस्रो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा १३ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको खुद नाफा १३ प्रतिशतले बढेर ४२ करोड ७७ लाख रुपियाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८८ लाख रुपियाँ खुद नाफा गरेको थियो ।
त्यसैगरी कम्पनीको खुद दाबी भुक्तानी पनि बढेको छ ।
चालू आवको पुस मसान्तसम्ममा खुद नाफा भुक्तानी १०.८८ प्रतिशतले बढेर २४ अर्ब ९५ करोड ९० लाख रुपियाँ कायम भएको छ । गत आवको सोही अवधिमा कम्पनीले २२ अर्ब ५१ करोड ५ लाख रुपियाँ दाबी भुक्तानी गरेको थियो ।
दोस्रो त्रैमाससम्मा कम्पनीको कुल आम्दानी १०.७१ प्रतिशत बढेर २९ अर्ब ५४ करोड ८२ लाख रुपियाँ पुगेको छ । गत आवमा भने कम्पनीले २६ अर्ब ६८ करोड ९१ लाख रुपियाँ कुल आम्दानी गरेको थियो ।
कम्पनीको कुल खर्च बढेर २७ अर्ब २९ करोड ५९ लाख रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले २४ करोड ८८ लाख रुपियाँ कुल खर्च गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपियाँ, शेयर प्रिमियम ४ करोड ३८ लाख रुपियाँ, महाविपत्ति कोष १ अर्ब ४ करोड रुपियाँ, र जीवन बीमा कोष १ खर्ब ८३ अर्ब ६५ करोड रुपियाँ पुगेको छ ।
































