National life

नेप्सको प्राप्तिपश्चात एनसीएचएलको एकिकृत कारोबार सुरु, कुल कोष १ अर्ब ४४ करोड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ जेठ २०८१, मङ्गलबार
724Shares
नेप्सको प्राप्तिपश्चात एनसीएचएलको एकिकृत कारोबार सुरु, कुल कोष १ अर्ब ४४ करोड
ncell

काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले जेठ २१ गते एक औपचारिक कार्यक्रम आयोजना गरी नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स)लाई प्राप्तिगरी एकिकृत कारोबार शुरुवातको घोषणा गरेको छ । नेपालमा यसरी दुई भुक्तानी प्रणाली सञ्चालकहरुबीच गाभ्नेरगाभिने वा प्राप्ति भएको यो नै पहिलो हो ।

उक्त एकीकृत कारोबार घोषणा कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आथित्य रहेको थियो भने नेपाल राष्ट्र बैंकका उच्च पदस्त कर्मचारी, सरकारी निकायका कर्मचारी,बैंक वित्तीय संस्थाहरु, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरु लगायतका प्रतिनिधिहरु तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

गत वैशाख १३ गते दुबै संस्थाहरुले आ–आफ्नो विशेष साधारण सभाबाट स्वीकृती प्राप्त गरी आवश्यक सम्पूर्ण कानुनी र प्रक्रियागत कार्य सम्पन्न गरी नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत आवश्यक अन्तिम स्वीकृती पश्चात उक्त प्राप्ती सम्बन्धीको कार्य सफलतापूर्वक सम्पन्न गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भुक्तानी तथा फछ्र्यौट विनियममा रहेको प्रावधानअनुसार डीडीए अडिटरले मूल्यांकन लगायत विभिन्न पक्षको समिक्षा सहितको प्रक्रिया पूरा गरी १ः०।२८ स्वाप अनुपातमा एनसीएचएलले नेप्सलाई प्राप्ती गरेको हो । दुवै संस्थाहरु बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित भएकाले प्राप्तीपश्चात पनि कम्पनीको सञ्चालक समितिमा कुनै फेर बदल भएको छैन ।

दुबै संस्थाले नेपालमा डिजिटल भुक्तानीको विकास तथाविस्तार गर्ने उद्देश्य सहित आ–आफ्नो क्षेत्रमा कार्य गर्दै आएका छन् । नेप्सले विगत ११ वर्ष देखि कार्डमा आधारित सेवा प्रदान गर्दै आएको छ भने एनसीएचएलले विगत १५ वर्ष देखि कार्ड बाहेकका विभिन्न राष्ट्रिय स्तरका विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म सञ्चालन गर्दै आएको छ ।

प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन तथा अन्तर आबद्धतालाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।

प्राप्ति पछि एकीकृत चुक्तापुँजी १ अर्ब ७ करोड रुपैयाँ तथा कुल कोष १ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ । यसले पूर्वाधार विस्तार गर्न, जोखिमहरु न्यूनिकरण गर्न तथा सुरक्षा नियन्त्रणका प्रणालीहरुलाई सुदृढ गर्न, नविनतम अनुसन्धनका कार्यहरुमा लगानी गर्न तथा सेवाको गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

साथै, गत चैत मसान्तसम्म दुवै कम्पनीको संयुक्त कारोबार रकम ११३ खर्बभन्दा बढि रहेको छ भने संयुक्त कारोबार संख्या १३ करोडभन्दा बढि रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?