National life

नेप्सेको प्रगति र सफलताको लागि सक्कल होइन अक्कल भएको मान्छे चाहिएको छ: अध्यक्ष थापा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ माघ २०८१, बुधबार
537Shares
नेप्सेको प्रगति र सफलताको लागि सक्कल होइन अक्कल भएको मान्छे चाहिएको छ: अध्यक्ष थापा
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज कर्मचारी संघले नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सक्षम व्यक्ति नियुक्त गर्न भन्दै मंगलवार सरकार समक्ष विज्ञप्ति बुझाएको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै हालका प्रमुख कार्यकारी अधिकृतको पदावधि सक्किन लागेको भन्दै पुँजी बजारको विषयमा ज्ञान भएको सक्षम नेतृत्व ल्याउन माग गरेको उल्लेख गरेको छ ।

विज्ञप्ति जारी गरेपश्चात् आर्थिक भ्वाइससँग कुराकानी गर्दै संस्थाका अध्यक्ष नवराज थापाले आफूहरूले हाल जसको नेतृत्व छ उहाँलाई गलत वा असक्षम भन्न खोजेको नभएर आगामी दिनमा आउने व्यक्ति समग्र पुँजी बजारको विकास र लगानीकर्ताको हितमा प्रभावकारी कार्य गर्नुको साथै पुँजी बजारको विषयमा ज्ञान भएको व्यक्ति आएमा मात्रै नेप्सेको समग्र पक्षमा प्रगति हुने बताएका छन् ।

तपाइहरूले अर्थ मन्त्रालयलाई नै इमानदार र ज्ञान सहितको व्यक्ति अबको प्रमुख कार्यकारी अधिकृतको रूपमा चाहियो भन्नुको कारण त हाल भएको व्यक्ति असक्षम वा अल्पज्ञानी भएको भन्ने पनि त होला नि ? भन्ने आर्थिक भ्वाइसको प्रश्नमा अध्यक्ष थापाले भने 'हामीले विज्ञप्तिमा पनि कहीँ कतै कोही व्यक्ति गलत वा अज्ञानीको त्याग लगाएका छैनौ र लगाउँदैनौ पनि बरु हाम्रो भनाई त के हो भने उहाँको कार्यकाल सकिँदै गर्दा आगामी आउने नेतृत्वचाँही कम्तीमा पनि पुँजी बजारको विषयमा ज्ञान सिप, व्यवसायीक क्षमता भएको नैतिकवान् साथै पुँजी बजारको विकास र लगानीकर्ताको हित संरक्षणमा प्रतिबद्ध भएको हुनुपर्छ भन्ने हो।'

Royal Enfield
nic asia capital

संघका अध्यक्ष थापाले नेपाल सरकार अर्थ मन्त्रालयबाट अब नियुक्त गरिने नेप्सेको प्रमुख कार्यकारी अधिकृत र नेप्सेको पुनर्संरचना कार्य गर्न र गराउन सक्ने व्यक्तिलाई छनोट गरी पठाएको खण्डमा मात्रै नेप्सेमा देखिएका तमाम समस्या समाधान हुने बताएका छन् ।

कम्तीमा यो क्षेत्रमा वा यस्तो अनुभव भएको भन्ने अपेक्षा त होला नि तपाइहरूको भन्ने आर्थिक भ्वाइसको अर्को प्रश्नमा संस्थाको अध्यक्ष थापा भन्छन् 'हाम्रो कुरा चाही निजामती क्षेत्रमा काम गरेको मान्छे चाहिँ नआओस् भन्ने नै हो । किनकि हामीले घण्टी बज्दा आउने हाजिर लाउने र साँझ बदाम खाएर फर्कने नेतृत्व खोजेको होइन । बरु यसमा कस्तो व्यक्ति त भन्ने तपाईँको जुन प्रश्न छ त्यसलाई नै आधार मानेर भन्ने हो भने कम्तीमा पनि बैंक वित्तीय संस्थामा काम गरेको त्यो पनि सकेसम्म प्राइभेट बैंकमा काम गरेको भयो भने अझै स्प्रिडमा काम हुन सक्छ भन्ने हाम्रो धारणा हो' ।

बीमा लगानी र विभिन्न इन्भेष्टर क्षेत्रका प्रख्यात अनुभवी काम गरेको व्यक्तिहरू प्रशस्त भएको भन्दै बोझ बोक्नका लागि भन्दा नि संस्थाको प्रगति र समस्या समाधान गर्ने नेतृत्व आउन जरुरी रहेको थापाको धारणा छ । नेप्सेको प्रगति र सफलताको लागि सक्कल भन्दा नि अक्कल भएको मान्छे चाहिएको उनको धारणा छ । व्यक्ति फेरिनु ठुलो कुरा होइन तर व्यक्तिमा निहित प्रवृत्तिले मुख्य अर्थ राख्छ हामले व्यक्तिको विकल्प खोजेका होइनौ बरु ज्ञान, क्षमता र अनुभवसँगै भिजन चाहेका हौ उनले भने

नयाँ स्टकको स्थापना विषयमा समेत सरकारले काम अगाडि नै बढाएको अवस्थामा यहाँहरूले नेप्सेकै नेतृत्वको विषयमा सरकारको ध्यान खिचिरहनु भएको छ । यसमा पनि तपाइहरूको धारणा त आउनुपर्ला भन्ने तेस्रो प्रश्नमा थापाले भने ''पहिलो कुरा त हाम्रो बजारको अवस्था र अन्य क्षेत्रको शुष्म अध्ययन गर्ने हो भने नयाँ स्टक आवश्यक छैन भन्ने नै हो । किन नि एउटै बजारमा दुई वटा स्टक त्यति विधि आवश्यक होइन तर केही व्यापारीहरूले एनटिसी र एनसेलको उदाहरण दिएर सरकारलाई प्रभाव पार्न खोजेको देखिन्छ । हाम्रो नेप्सेको क्षमता नेपालको मात्रै हैन सार्क राष्ट्रकै कारोबार गर्न सक्ने बन्छ त्यसको लागि पुनर्संरचना आवश्यक छ । तथापि नयाँ स्टक ल्याउने नै हो भने पनि पुरानोलाई लगानी नगर्ने वा अब्बल मान्छे ल्याउनै नहुने भन्ने होइन म दोहोर्‍याएर भन्छु हामीले अबको नेतृत्वमा समक्ष, बजारको विषयमा पर्याप्त ज्ञान भएको र नेप्सेलाई नयाँ ट्र्याकमा हिडाँउन सक्ने आउन जरुरी छ । यती नहुदाँसम्म नयाँ आएनी पुरानो रहेनी नतिजा त्यही नै हो ।''

साथै नेपाल स्टक एक्सचेञ्ज कर्मचारी संघका सचिव पुजन ज्ञवालीले अबको नेतृत्वमा बजारको विषय पर्याप्त ज्ञान भएको लगानीकर्ताको हित संरक्षणमा काम गर्न सक्ने र नयाँ प्रविधि र टेक्नोलोनी सहित नेप्सेलाई माथिल्लो बिन्दुमा लैजान सक्ने नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

हालसम्म क्षमतावान वा सम्बन्धित विषयमा ज्ञान भएको व्यक्ति आउनुभन्दा नि राजनितीक संरक्षण र नातावाद शैलीवाट बढी नेतउत्वकर्ता आउने गरेको कारण जुन समस्या जसरि समाधान हुनुपर्ने हो त्यसरी हुन नसकेको जनाएका छन् ।

''हामीले राम्रो मान्छेको आगमनको कामना गर्दै गर्दा वा त्यस विषयमा मन्त्रालयको ध्याणाकर्षण गर्दैगर्दा धेरै कुराको राम्रो हुने हो । क्षमतावान नेतृत्व आउदाँ मुख्य त संस्थाको सुधार हुन्छ, क्यापिटल मार्केट नै राम्रो बन्ने थियो'' ज्ञवालीले भने

हात खुट्टा नै बाधिदिने अनी हिड्न सकेनस भनेर हुदैन नेप्समा धेरै नितीगत समस्या र झन्झटहरु छन् यसलाई समाधान गर्नुको विकल्पमा अर्को स्टक चाहिन्छ भन्ने कुरा सान्दर्भिक हुन सक्दैन भन्ने मलाइ लाग्दैन, बरु यसैलाई व्ययस्थित गरेर समस्याहरुलाई समाधान गरेर बलियो बनाउनमा ध्याण दिनुपर्छ भन्ने मेरो धारणा हो ।

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?