National life

नेप्सेमा तीन कम्पनीका बोनस सेयर सूचीकृत, कुन कम्पनीका कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०५ फागुन २०८२, मङ्गलबार
1.2kShares
नेप्सेमा तीन कम्पनीका बोनस सेयर सूचीकृत, कुन  कम्पनीका कति ?
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्। बोनस सेयर सूचीकृत हुने कम्पनीमा शिवम् सिमेन्ट लिमिटेड, आशा लघुवित्त वित्तीय संस्था र कृषि विकास बैंक रहेका छन्।

शिवम् सिमेन्टले वितरण गरेको २.५ प्रतिशत बोनस बापत १३ लाख ६४ हजार २०२ कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसपछि कम्पनीको कुल सूचीकृत सेयर संख्या ५ करोड ५९ लाख ३२ हजार २८८ पुगेको छ।

त्यसैगरी, आशा लघुवित्तको ९.५ प्रतिशत बोनसअनुसार ९ लाख ९६ हजार ३९३ कित्ता सेयर सूचीकृत भएको छ। अब कम्पनीको कुल सूचीकृत सेयर संख्या ८० लाख २६ हजार ८५७ कायम भएको छ।

यस्तै, कृषि विकास बैंकको ३.२५ प्रतिशत दरको कुल ४५ लाख २ हजार ९४७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बैंकको सूचीकृत सेयर संख्या १ अर्ब ४३ करोड ५५ हजार १९२ पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?