National life

नेप्सेमा थप दुइ कम्पनीको आईपीओ सूचीकृत, आईतबारदेखि कारोबारमा आउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ साउन २०८०, बिहिबार
654Shares
नेप्सेमा थप दुइ कम्पनीको आईपीओ सूचीकृत, आईतबारदेखि कारोबारमा आउने
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज थप दुइ कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गे हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

थ्रीस्टार हाइड्रोपावरको कुल ३९ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले थ्रीस्टारलाई ‘टीएसएचएल’ कारोबार संकेत प्रदान गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतममा ८५.६५ रुपैयाँदेखि अधिकतममा २५६।९५ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको छ ।

त्यस्तै अप्पर साङ्गे हाइड्रोपावरको कुल २२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। नेप्सेले अप्पर साङ्गेलाई ‘यूएसएचएल’ कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतममा ८४.५४ रुपैयाँदेखि अधिकतममा २५३.६२ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको छ ।

आज सूचीकृत भएका कम्पनीहरुको शेयर आईतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ ।

यो समाचार शेयर गर्नुहोस्
654SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?