National life

नेप्सेमा सक्षम प्रमुख कार्यकारी नियुक्त गर्न सरकारसँग नेप्से कर्मचारी संघको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ माघ २०८१, मङ्गलबार
699Shares
नेप्सेमा सक्षम प्रमुख कार्यकारी नियुक्त गर्न सरकारसँग नेप्से कर्मचारी संघको माग
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज कर्मचारी संघले नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सक्षम र बजारको ज्ञान भएका ब्यक्ति मात्रै नियुक्त गर्न सरकारसँग आग्रह गरेको छ ।

आज मंगलबार विज्ञप्ति जारी गर्दै संघले हालका प्रमुख कार्यकारी अधिकृतको पदावधी सक्किन लागेको भन्दै पुँजी बजारको विषयमा ज्ञान भएको सक्षम नेतृत्व ल्याउन माग गरेको हो ।

संघले समग्र पुँजी बजारको विकास र लगानीकर्ताको हितमा प्रभावकारी कार्य गर्नका लागि पुँजी बजारको विषयमा ज्ञान भएको व्यक्तिलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको हो ।

संघका अध्यक्ष नबराज थापा र सचिव पुजन ज्ञवालीको संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकार अर्थमन्त्रालयबाट अब नियुक्त गरिने नेप्सेको प्रमुख कार्यकारी अधिकृत पुँजी बजारको विषयमा ज्ञान सिप, व्यवसायीक क्षमता भएको नैतिकवान साथै पुँजी बजारको विकास, लगानीकर्ताको हित संरक्षणमा प्रतिबद्ध र नेप्सेको पुनर्संरचना कार्य गर्न र गराउन सक्ने व्यक्तीलाई छनोट गरी पठाउन हुन अनुरोध गर्दछौं ।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?