National life

नेप्से एआई एप डाउनलोड गर्दा बढी रकम गायब,एआई एप डाउनलोड नगर्न चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ साउन २०८२, मङ्गलबार
583Shares
नेप्से एआई एप डाउनलोड गर्दा  बढी रकम गायब,एआई एप डाउनलोड नगर्न चेतावनी
ncell

काठमाडौँ । नेपालको शेयर बजारमा बेलाबखत अनेकौँ चलखेर र फण्डाहरु हुने गर्दछ । सोही अनुसार हालै नेप्से एआई नामक एप डाउनलोड गर्दा लाखौँ रुपैयाँ रकम गायब भएको तथ्य बाहिरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा यस विषयमा उजुरीहरू दर्तासमेत भएको छ। ब्युरोका अनुसार नेप्से एआई एप डाउनलोड गर्दा एउटा व्यक्तिको मात्रै २८ लाख ६१ हजार रुपैयाँ बैंक खाताबाट गायब भएको उल्लेख गरिएको छ ।

Royal Enfield
nic asia capital

सेयर बजारको विश्लेषण गर्ने भन्दै फेसबुकमा आएको नेप्से एआई नामक एपको विज्ञापन देखिएको र त्यसलाई डाउनलोड गर्दा विभिन्न बैंक खातामा रहेको उक्त रकम गायब भएको उजुरीकर्ताले प्रहरीलाई जानकारी दिएका छन् ।

ब्युरोले सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम र टिकटकमा यस्ता विज्ञापन आउने गरेको र त्यस्ता एप डाउनलोड गर्दा बैंकको पैसा गुम्ने गरेको जानकारी दिएको छ। त्यसकारण यस्ता एप डाउनलोड गर्दा विशेष ध्यान पुर्‍याउन ब्युरोले आग्रह गरेको छ।

ब्युरोले गुगल एप स्टोर र आइओएसजस्ता आधिकारिक एप स्टोरबाट मात्र एप डाउनलोड गर्न आग्रह गरेको छ। त्यस्तै टु फ्याक्टर अथेन्टिकेशन कोड राख्न, बेलाबेला पासवर्ड परिवर्तन गर्न, सामाजिक सञ्जालमा देखिएको विज्ञापनको तथ्य बुझेर मात्र गर्ने, एनी डेस्क र टिम भ्युअरजस्ता रिमोट एक्सेल अरूलाई नदिन आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?