National life

नेशनल इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन १ अर्ब बढी, अधिकांश सूचकमा प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ साउन २०८२, बुधबार
650Shares
नेशनल इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन १ अर्ब बढी, अधिकांश सूचकमा प्रगति
ncell

काठमाडौँ। नेशनल इन्स्योरेन्स कम्पनीले समीक्षा वर्षमा १ अर्ब २९ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९० करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ४३.२९ प्रतिशतले बढेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१ र८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ४२ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

साथै, समीक्षा वर्षसम्म कम्पनीको महाविपत्ति कोषमा ३ करोड २१ लाख रुपैयाँ रहेको छ । स्पेसल रिजर्भमा १ अर्ब ४५ करोड रहेको छ ।अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ८२ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । महाविपत्ति कोषमा ३ करोड २१ लाख रुपैयाँ रहेको थियो ।

यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत ७३ करोड ११ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षो सोही अवधिमा कम्पनीले २८ करोड २४ लाख रुपैयाँ खर्चिएको थियो ।

त्यस्तै, कम्पनीले समीक्षा वर्षमा ५६ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६१ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीको खुद बीमाशुल्क आर्जन अघिल्लो वर्षको तुलनामा ९.४४ प्रतिशतले घटेको हो ।

समीक्षा वर्षमा कम्पनी ६२ करोड ३९ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?