National life

शेयर बजारमा चमक १२ अर्ब बढीको कारोबार, लगानीकर्ताको सुखद दिन सुरु भयो: विश्लेषक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० माघ २०८१, आइतबार
561Shares
शेयर बजारमा चमक १२ अर्ब बढीको कारोबार, लगानीकर्ताको सुखद दिन सुरु भयो: विश्लेषक
ncell

काठमाडौं । साताको पहिलो कारोबारका दिन शेयर बजारमा सुधार आएको छ । लगातार ४ दिनसम्म बन्द भएको बजारमा आजभने रौनक देखिएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६९.८० अकंले बढेर २७२७.५८ बिन्दुमा कायम भएको छ।

Royal Enfield
nic asia capital
त्यस्तै, १३ वटै उपसूचकमा हरियाली आएको छ।

आज बैंकिङ समूहको २.५२ प्रतिशत, विकास बैंक समूहको ३.१५ प्रतिशत, फाइनान्स समूहको १.२९ प्रतिशत, होटल तथा पर्यटन समूहको १.८२ प्रतिशतले शेयर मूल्य बढेको छ।

आज ९ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको विभिन्न पहलले बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विभिन्न सुधारका प्रयास गरिरहेको छ।

बजारको घट्ने आधार सकिएको कारण लगानीकर्ताको सुखद दिनको प्रारम्भ भएको शेयर विश्लेषकको भनाई छ।आइतबारबाट पुनः उच्च कारोबार रकमसहित नेप्से फराकिलो अंकले बढेको छ। अब नेप्सेले पुनः २७८० को लेबललाई पार गर्ने आम लगानीकर्ताको अपेक्षा रहेको छ ।

समग्रमा हेर्दा सेयर बजारले करिब साढे ३ वर्षको वियरिस चक्र पूरा गरिसकेको छ। ३२ सय पुगेको नेप्से यसबिचमा घटेर १८ सयको तहसम्म आएको थियो। निकै लामो समय बजार वियरिस ट्रेन्डमा रहेकाले अब यसले क्रमशः बुलिस बाटो समाउने जानकारहरूको भनाई छ।

https://aarthikvoice.com/archives/55508

बजारलाई थप परिस्कृत बनाउन बैंक ब्याजदर सस्तो बनाउनु र निजी क्षेत्रको सहभागिता बढाउनु सकारात्मक कदम भएको बताइएको छ । नेप्सेमा आएको यो हरियालीले शेयर बजारको दीर्घकालीन उज्यालो सम्भावना देखाएको छ।

आज १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएकोछ । यसदिन ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार कित्ता शेयर किनबेच भएकोछ ।

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?