National life

पक्राउ परे स्मार्ट टेलिकमका तत्कालीन एमडी जोशी

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२२ वैशाख २०८३, मङ्गलबार
1.4kShares
पक्राउ परे स्मार्ट टेलिकमका तत्कालीन एमडी जोशी
ncell

काठमाडौं । सर्बेश जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी स्मार्ट टेलिकमका पूर्वप्रबन्ध निर्देशक हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार, उनलाई आपराधिक विश्वासघातसम्बन्धी आरोपमा काठमाडौँको खुर्सानीटार क्षेत्रबाट पक्राउ गरिएको हो। ब्युरोका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले पक्राउबारे जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्मार्ट टेलिकम हाल सञ्चालनमा छैन। आवश्यक नवीकरण प्रक्रिया पूरा नगर्दा कम्पनी २०८० वैशाखदेखि बन्द अवस्थामा रहेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार, सरकारी सम्पत्तिमा हानि पु¥याउने उद्देश्यले अनियमित काम गरिएको आशंकामा जोशीमाथि छानबिन भइरहेको छ। पक्राउपछि ४५ वर्षीय जोशीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?