National life

परम्परागत विशेषतायुक्त बीमालेख बेचेर बीमा बजारको विस्तार हुँदैन :अध्यक्ष सिलवाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ मंसिर २०८०, शनिबार
486Shares
परम्परागत विशेषतायुक्त बीमालेख बेचेर बीमा बजारको विस्तार हुँदैन :अध्यक्ष सिलवाल
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले नेपाली बीमा क्षेत्रमा अण्डरराईटिङ राम्रो बनाउन नसकिएको भन्दै बीमा कम्पनीहरुप्रति आक्रोस व्यक्त गरेका छन् । अध्यक्ष सिलवालले हिजो काठमाडौंमा आयोजित कार्यक्रममा बीमा कम्पनीहरुले पैसा मात्रै भित्राउन चाहने र अण्डरराईटिङलाई वेवास्ता गर्ने प्रवृत्ति दोहोरिरहेको भन्दै सरकारले कानुनको डण्डा चलाउन बाध्य नपार्न चेतावनी दिएका छन् ।

अध्यक्ष सिलवालले बीमा क्षेत्रमा मौलाएको प्रवृत्ति उजागर गर्दै भने, ‘बीमाको जोखिमाङ्क अर्थात अण्डरराईटिङलाई राम्रो बनाएनौं, हामीलाई पैसा चाहियो ! त्यो मान्छेको स्रोत के हो ? त्यो मानिसले बीमा प्रिमियम तिर्न सक्ने ल्याकत राख्छ कि राख्दैन ? त्यही मान्छेको कागजात पेश भएको हो वा होइन ? बस ! पैसा आयो सकियो ।’ त्यो समस्या आजको दिनमा पनि दोहोरिँदै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘वितगमा प्रतिबद्धता जनाइएको थियो, बजार राम्रो हुँदै गइरहेको थियो, त्यही कुरा फेरि पनि अटेर गरेर दोहोर्याउने हो भने प्राधिकरणसँग कारवाही गर्नुको विकल्प नै छैन, सिलवालले भने । अध्यक्ष सिलवालले गलत गर्ने कम्पनीहरुलाई कानुनको डण्डा चलाउनैपर्ने दायित्व बोकेको प्राधिकरण बाध्य हुने चेतावनी दिएका छन् ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई बीमाबारे सचेतना फैलाउन, बीमाबारे प्रचार प्रसार गर्न, अण्डरराईटिङ प्रक्रिया बलियो बनाउन, समयमा दावी भुक्तानी गर्न, बीमा पोलिसीहरु अध्ययन अनुसन्धानमा आधारित भएर तयार पार्न बीमा कम्प्नीहरुलाई आह्वान समेत गरेका छन् । सिलबालले अब परम्परागत विशेषतायुक्त बीमालेख बेचेर बीमा बजारको विस्तार नहुने बताएका छन् ।

बीमा पोलिसीलाई कपी पेष्ट नगरी समय, आवश्यक्ता र जनमानसको माग अनुसार ल्याउन उनले कम्पनीहरुलाई आग्रह गरेका हुन् । नेपालका बीमा कम्पनीहरु प्रोडक्ट कपी पेष्टमा मात्रै केन्द्रीत भए, रिसर्चका लागि पैसा खर्च छैन, अन्य देशको नाम सहित कै प्लान कपी गरेको छ , कम्पनीको पूँजी बढेको बढेकै छ त्यो अनुसार लगानी भएको छैन । अनी कसरी हुन्छ नेपालमा बीमाको पहुँच विस्तार उनले भने ।

यो समाचार शेयर गर्नुहोस्
486SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?