National life

पवन गोल्यानको रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङबाट आइपीओ बिक्री गर्न अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० पुस २०८०, शुक्रबार
704Shares
पवन गोल्यानको रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङबाट आइपीओ बिक्री गर्न अनुमति
ncell

काठमाडौं। बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने दोस्रो कम्पनी पवन गोल्यान कार्यकारी अध्यक्ष रहेको रिलायन्स स्पिनिङ मिल्स बन्ने भएको छ । रिलायन्स स्पिनिङ मिल्स कम्पनीलाई बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति दिएको छ। यस कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सेयर बोलकबोल खुला गर्नेछ ।

यसले ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल मार्फत बिक्री गर्न अनुमति पाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बोलकबोलमा प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ ।

संस्थागत लगानीकर्ताले सोही सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने हुन्छ । यसमा बिक्री प्रबन्धककको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।संस्थागत लगानीकर्ताले तिरेको मूल्यका आधारमा कट अफ प्राइस निर्धारण हुनेछ । त्यसबाट १० प्रतिशत घटाएर सर्वसाधारणका लागि आइपीओ खुला हुनेछ ।

बुक बिल्डिङ विधि भनेको के हो, यसको सेयर मूल्य कसरी निर्धारण गरिन्छ ?

योग्य संस्थागत लगानीकर्ताको मागको आधारमा प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्रको वास्तविक एवम् न्यायोचित मूल्य निर्धारण गर्ने बिधि बुक बिल्डिङ बिधि हो । सामान्य भाषामा बुझ्दा बुक बिल्डिङ एक किसिमको लिलामी प्रक्रिया हो ।

सबै भन्दा पहिला कम्पनीले संस्थागत लगानीकर्ताहरुसँग कति कित्ता सेयर किन्ने र कति मूल्यमा किन्ने भन्ने कुराको जानकारी संकलन गर्छ ।

त्यसपछि कम्पनी र बिक्री प्रबन्धक मिलेर एउटा प्राइस रेन्ज तयार गर्दछन् । कुनै प्राइस रेन्जमा बिडिङ गराएर एउटा कट् अफ् मूल्य निर्धारण हुन्छ ।

नेपालको सन्दर्भमा योग्य संस्थागत लगानीकर्ताबाट आएको कटअफमा १० प्रतिशत कममा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने व्यवस्था रहेको छ । यसमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

https://aarthikvoice.com/archives/19559?fbclid=IwAR2wIPtzCJdAKQNFxfLEg8DhnQpTgwFufnyZOubQuqSX1dQnLqH3rZuVD6M

 

 

यो समाचार शेयर गर्नुहोस्
704SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?