National life

पाँच महिनामा निर्जीवन बीमा कम्पनीद्वारा तीन अर्ब बढी भुक्तानी, कुन कम्पनीले कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ फागुन २०८१, बुधबार
787Shares
पाँच महिनामा निर्जीवन बीमा कम्पनीद्वारा तीन अर्ब बढी भुक्तानी, कुन कम्पनीले कति ?
ncell

काठमाडौँ । गत असोज महिनामा परेको बाढी पहिरोको कारण पुगेको क्षतिपछि बीमा कम्पनीहरूमा परेको दाबीमा निर्जीवन बीमा कम्पनीहरूले तीन अर्ब पाँच करोड ६० लाख भुक्तानी दिएका छन् ।

कम्पनीहरूले करिब पाँच महिनाको अवधिमा २ हजार २४९ वटा दाबी भुक्तानी मार्फत उक्त रकम भुक्तानी गरेका हुन्। नेपाल बीमा प्राधिकरणको गत फागुन २१ गतेसम्मको तथ्यांक अनुसार यस्तो देखिएको हो ।

प्राधिकरणको तथ्यांक अनुसार हालसम्म बाढीबाट भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरूमा १२ अर्ब ६४ करोड ३२ लाख रुपैयाँ  बराबरको दाबी परेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हालसम्म कुल तीन हजार ७२८ वटा दाबी परेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार, हालसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले  ५८ करोड २७ लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले उक्त अवधिमा कुल १७३ वटा दाबी भुक्तानी हो ।

त्यस्तै, द ओरियन्टल इन्स्योरेन्सले २० वटा दाबी बापत ११ करोड २० लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १७० वटा दाबी बापत ३९ करोड ५५ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ९३ वटा दाबी बापत  ४७ करोड ७३ लाख रुपैयाँको दाबी भुक्तानी वितरण गरेको छ ।

यसैगरि पाँच महिनाको अवधिमा हिमालयन एभरेष्टले १०२ वटा दाबी बापत २५ करोड १६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ९१ वटा दाबी बापत १४ करोड ६३ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ८६ वटा दाबी बापत २३ करोड ६५ लाख रुपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्सले १०५ वटा दाबी बापत १८ करोड ३८ लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छन्।

यस अवधिमा आईजीआई प्रडेन्सियल इन्स्योरेन्सले ७० उवटा दाबी बापत २६ करोड १६ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १७५ वटा दाबी बापत २५ करोड ७८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले पाँच करोड ८९ लाख रुपैयाँ र नेशनल इन्स्योेरेन्सले चार करोड ६६ लाख रुपैयाँको दाबी भुक्तानी वितरण गरेको छ।

गत असोज १० देखि १२ गतेसम्म आएको अविरल वर्षाका कारण बाढी पहिरोबाट ठुलो क्षति पुर्याएको थियो। बाढी तथा पहिरोकै कारण ठुला परियोजना, पूर्वाधार, घर, पसल, सवारी साधन लगायतमा व्यापक क्षति पुगेको थियो । जस अनुसार, हाल सञ्चालनमा रहेको १४ ठुला र चार वटा साना लघु निर्जीवन बीमा कम्पनीमै दाबी परेको छ ।

हालसम्म सम्पत्ति बीमामा मात्रै परेको दुई अर्ब २० करोड ३५ लाख रुपैयाँको दाबी भुक्तानी भएको छ । यसैगरि इन्जीनियरीङमा ३० करोड २४ लाख, मोटर बीमा (निजी) २५ करोड ३७ लाख रुपैयाँ, मोटर बीमा (सार्वजनिक) २५ करोड २७ लाख रुपैयाँ, सामुद्रिक बीमामा एक करोड ७८ लाख रुपैयाँ, पशुपक्षी बीमा एक करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी भएको बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
787SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?