National life

पाथीभरा क्षेत्रमा केबलकार निर्माण वार्ता भाँडियो, समस्या समाधान नभए आन्दोलन घोषणा गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ माघ २०८१, आइतबार
889Shares
पाथीभरा क्षेत्रमा केबलकार निर्माण वार्ता भाँडियो, समस्या समाधान नभए आन्दोलन घोषणा गर्ने
ncell

काठमाडौँ । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्ष र सरकारबिच आज भएको वार्ता बिना निष्कर्ष टुंगीएको छ।

यस अघि माघ २२ गते वार्ता हुँदा ६ बुँदे सम्झौता भएको थियो । अर्को वार्ता आज बस्ने तय भएको थियो । तर, आज भएको दुई पक्षीय वार्ता भाँडिन पुगेको अन्तर दलीय मुक्कुमलुङ संरक्षण संघर्ष समितिले  जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समितिले अब मन्त्री स्तरीय वा उच्चस्तरीय वार्ता समितिको माग गरेको छ । आन्दोलनरत पक्षले राजनीतिक नेतृत्वसँग मात्रै वार्ता गर्ने अडान लिएपछि आज भएको वार्ता बिना निष्कर्ष सकिएको हो।

सरकारले नो केबलकार पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सह सचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । यसअघि भएको वार्तामा भएका सहमति समेत कार्यान्वयन नभएकाले उच्च स्तरीय राजनीतिक नेतृत्वसँग मात्रै वार्ता गर्ने माग सम्बोधन नभएपछि वार्ता बिना निष्कर्ष सकिएको वार्ता सहजीकरण समितिले जनाएको छ ।

यसअघिको वार्तामा आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई बिनाशर्त छाड्ने सहमति गरेको थियो । तर सहमति विपरीत धरौटीमा तारिखमा छाडिएको आन्दोलनरत पक्षले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
889SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?