National life

पार्टी अध्यक्ष ओली पक्राउको विरोधमा नेकपा एमालेले देशव्यापी प्रदर्शन गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१७ चैत २०८२, मङ्गलबार
1.1kShares
पार्टी अध्यक्ष ओली पक्राउको विरोधमा नेकपा एमालेले देशव्यापी प्रदर्शन गर्दै
ncell

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति आपत्ति जनाउँदै देशभर विरोध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि विभिन्न तहका कमिटीहरू परिचालन गर्दै आन्दोलनका कार्यक्रम अघि बढाउने निष्कर्ष निकालेको हो। उक्त निर्णयबारे जानकारी दिँदै महासचिव शंकर पोखरेलले देशव्यापी रूपमा चरणबद्ध कार्यक्रम तय गरिएको बताए ।

निर्णयअनुसार, चैत २४ गते सबै जिल्लामा कार्यकर्ता भेला आयोजना गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसपछि क्रमशः पालिका, वडा र प्रदेशस्तर हुँदै आन्दोलनलाई विस्तार गरिने र अन्ततः राजधानी केन्द्रित कार्यक्रम सञ्चालन गरिने योजना बनाइएको छ।

यसै क्रममा वैशाख ३ गते वडा तहमा भेला, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन आयोजना गरिने कार्यक्रम तय गरिएको छ। पार्टीका अनुसार आन्दोलनको अन्तिम चरणस्वरूप वैशाख १२ गते काठमाडौंमा ठूलो विरोध सभा र प्रदर्शन गर्ने तयारी गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?