National life

पुनर्बीमाले अर्काको जोखिम बोक्छ,व्याकअपको लागि पुँजी बढाउनुपर्छ : सिलवाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ असार २०८१, मङ्गलबार
1.3kShares
पुनर्बीमाले अर्काको जोखिम बोक्छ,व्याकअपको लागि पुँजी बढाउनुपर्छ : सिलवाल
ncell

काठमाडौं । नेपालमा हाल निजी र सरकारी क्षेत्रमा गरी दुई वटा पुनर्बीमा कम्पनीहरु संचालनमा छन् । ती कम्पनीहरुको न्यूनतम चुक्तापुँजी १० अर्ब रुपैयाँ तोकिएको छ ।

बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले केही महिना अघिसम्म त्यस्तो पुँजी बढाउने र दोब्बर बनाउने बताउदै आएको थियो । पछिल्लो समय नेपालमा रहेको पुनर्बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने विषयमा अध्यक्ष सुर्य सिलवालले आफ्नो धारणा राखेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले पुनर्बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने कुरा सेलाएको नभई प्रकृयागत रुपमा नै अघि बढी रहेको जानकारी दिए ।

बीमा प्राधिकरणका अध्यक्ष सिलवालले अन्य बीमा कम्पनीहरुको जोखिम धारण गर्ने भएको नाताले पनि पुनर्बीमा कम्पनी आफ्नै भने व्याकअप बलियो हुनुपर्ने बताएका छन् । उनले अहिले अन्य बीमा कम्पनीहरुको पुँजी बढाएको बेलामा पुनर्बीमा कम्पनीको स्वत बढाउन जरुरी भएकोमा जोड दिए ।

कुनै पनि कम्पनीमा बीमा भएपश्चात त्यो जोखिमलाई फेरी पुनर्बीमा कम्पनीले धारण गर्छ । पुनर्बीमा कम्पनीको जोखिम धारण प्रकृयालाई रि–इन्स्योरेन्स भनिन्छ । त्यस्तै, फेरी त्यो पुनर्बीमा कम्पनीको पनि जोखिम अन्य बीमा कम्पनीमा पुन पठाइन्छ भने त्यसलाई रेट्रोसेसन भनिन्छ ।

केही महिना अघि अरु कम्पनीहरु मर्जरमा गएको बेलामा बीमा प्राधिकरणले पनि जोडतोडका साथ पुनर्बीमाको मर्जरको विषय उठाएको थियो । तर,अहिले भने त्यसमा प्राधिकरणले त्यति धेरै ताकिता गरेको पाइदैन । बीमाको काम नै अरुको रक्षावरण गर्ने भएकाले त्यसमा बीमा कम्पनीहरु आफै बलियो हुनुको विकल्प नरहेको बीमा प्राधिकरणका अध्यक्ष सिलवाल बताउँछन् ।

स्वदेशमै व्यवसाय राख्न जोड

अहिले नेपाली बीमा कम्पनीहरुले आर्जन गरेको बीमा व्यवसाय बीमाशुल्क स्वदेशमा नै राख्नुपर्ने नियमनकारी प्रावधान लागू गरिएको छ । यस्तो अवस्थामा विगतको तुलनामा बीमा स्वदेशी बीमा कम्पनीहरुले आर्जन गरेको बीमाशुल्क मात्र नभई उनीहरुले बहन गरेको जनताका जोखिमहरु पनि नेपालमा नै रहन्छन् । त्यस्ता जोखिमहरु यहीका पुनर्बीमा कम्पनीमा थुप्रिने भएकाले पनि नेपाली बीमा कम्पनीहरु निकै मजबुत हुनुपर्ने देखिन्छ । भवितव्य भनेको कुनै पनि बेलामा आउँन सक्ने र त्यसको कुनै पनि ठेगान नहुने भएकाले नागरिकहरुले आफ्नो सुरक्षाका लागि बीमा कम्पनीहरुको साथ लिन्छन् । त्यही बीमा कम्पनीहरुले समयमा नै रकम तिर्न सकियोस भनेर फेरी पुनर्बीमा कम्पनीको सहायतामा आफूले संकलन गरेको रकम राख्छन् । सोही कारण त्यस्ता पुनर्बीमा कम्पनीहरु भने निकै मजबुत हुनुपर्ने देखिन्छ ।

हालसम्म नेपालमा संलचालनमा रहेका पुनर्बीमा कम्पनीहरुको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छेउछाउ रहेको बेलामा बीमा प्राधिकरणले त्यसलाई २० अर्ब बनाउनु पर्ने बताएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?