National life

पुँजी पुर्याउन नसक्ने बीमा कम्पनीहरुप्रति प्राधिकरण लचक : रिजर्भमा भएको रकम गणना गर्न दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ असार २०८१, शुक्रबार
1.5kShares
पुँजी पुर्याउन नसक्ने बीमा कम्पनीहरुप्रति प्राधिकरण लचक : रिजर्भमा भएको रकम गणना गर्न दिने
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकिएको निश्चित समयसम्म पुँजी पुर्याउन नसक्ने बीमा कम्पनीहरुलाई विकल्पको रुपमा नयाँ व्यबस्था गरेको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई पत्र पठाउदै रिजर्भमा भएको रकम गणना गर्न दिने निर्णय गरेको हो ।

चुक्ता पुँजी जुटाउन नसकेको कम्पनीहरुलाई रिजर्भमा भएको रकम गणना गर्न दिने निर्णय भएकोे नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुशीलदेव सुवेदीले आर्थिक भ्वाइसलाई बताएका छन्।

‘चालु आर्थिक वर्षको असार मसान्तसम्म चुक्तापुँजी कायम गर्न निर्देशन दिइएको थियो तर बीमा कम्पनीहरुले यसबीचमा पुँजी जुटाउन नसक्ने देखिएपछि केही समयका लागि रिजर्भमा भएको रकम चुक्ता पुँजीको रुपमा गणना गर्न निर्देशन दिएका हौ।’ प्रवक्ता सुवेदीलेले भने।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीमा प्राधिकरणले २०७८ चैतमा जीवन बीमाको हकमा पाँच अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको हकमा दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन पनि दिएको थियो।

२०८० असार मसान्तभित्र तोके बमोजिमको चुक्तापूँजी जुटाउन बीमा प्राधिकरणले निर्देशन दिएको थियो । तर, असार मसान्तसम्मको वित्तीय अवस्थालाई हेर्दा केही बीमा कम्पनीहरुले तोके बमोजिम पूँजी पुर्याउने अवस्था देखिएको थिएन ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?