काठमाडौं । गत भदौमा जेन्जी आन्दोलनका क्रममा राजधानीको प्रमुख होटल हिल्टनमा भएको आगजनीले होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। होटलले ८ अर्ब रुपैयाँ बीमा दाबी गरेको भए पनि हालसम्म ओरियन्टल इन्स्यारेन्सले ५ अर्ब मात्रैको बीमा रकम स्वीकृत गरेको छ, जसअनुसार होटलले ३ अर्ब रुपैयाँ मात्रै पाउने अवस्था आएको छ।
बीमा भुक्तानी रोकिनुको मुख्य कारण पुनर्बीमा विवाद रहेको छ। अनुसन्धानका क्रममा ओरियन्टल इन्स्यारेन्स र हिमालयन पुनर्बीमा कम्पनीले होटलको ‘हुलदंगा तथा आतंकवाद जोखिम’ प्रावधानको विपरित काम गरेको छन्।
बीमा ऐनअनुसार हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बीमा सरकारी कम्पनी नेपाल रि–इन्स्योरेन्समार्फत गर्न सकिने प्रावधान भए पनि, बीमा कम्पनी र ब्रोकरले प्राधिकरणको निर्देशन उल्लङ्घन गर्दै हिमालयन पुनर्बीमा गर्न खोजेका थिए। यस कारणले बीमा विवाद लामो समयसम्म अल्झिएको हो।
पुनर्बीमा विवाद वा आन्तरिक अन्य विवाद भए पनि बीमितले दाबीबापतको भुक्तानी पाउनुपर्ने बीमा जानकारहरूको भनाई छ । यस अर्थमा, ओरियन्टल इन्स्यारेन्सले हिल्टन होटलको ३ अर्ब रुपैयाँ बीमा भुक्तानी अविलम्ब गर्नैपर्ने देखिन्छ।































