National life

पूर्वभिआईपीविरुद्ध सर्वोच्चमा रिट, विदेशमा गरेको उपचार खर्च असुल हुनुपर्ने माग

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२४ वैशाख २०८३, बिहिबार
1.3kShares
पूर्वभिआईपीविरुद्ध सर्वोच्चमा रिट, विदेशमा गरेको उपचार खर्च असुल हुनुपर्ने माग
ncell

काठमाडौँ। विदेशमा गरेको उपचार खर्च असुल हुनुपर्ने मागसहित पूर्वभिआईपीहरू विरुद्ध सर्वौच्च अदालतमा रिट दर्ता भएको छ। राज्यका विशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गर्दा लागेको खर्च फिर्ता गराउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो।

रिटमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री लगायतलाई विपक्षी बनाइएको छ। अधिवक्ता सरोजकुमार न्यौपानेद्वारा दायर रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै पूर्वराष्ट्रपति डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनाल तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाइएको छ।

रिटमा जनस्वास्थ्य ऐनविपरीत विदेशमा गरिएको उपचार खर्च राज्यकोषबाट भुक्तानी गरिएको भन्दै त्यसलाई गैरकानुनी ठहर गरी रकम असुल गर्न माग गरिएको छ।

बिहीबार दर्ता भएको उक्त रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?