काठमाडौं । पूर्व सचिव गणेश पाण्डे नेपाल बीमा प्राधिकरणको सञ्चालकमा नियुक्त भएका छन्। सरकारले नेपाल बीमा प्राधिकरणका पूर्व सञ्चालक समेत रहेका पाण्डेलाई आगामी चार बर्षको लागि सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पाण्डे जीवन बीमा समुहबाट नयाँ सञ्चालक बनेका हुन् । पाण्डे सञ्चालक बनेर कार्यभार सम्हाले लगत्तै प्राधिकरणको दैनिक कामहरु तीव्र गतिमा अघि बढ्ने विश्वास लिइएको छ। पाण्डेसँग बाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय, संस्कृति मन्त्रालय लगायतमा कार्य गरेको अनुभव रहेको छ ।































