National life

पृथ्वी राजमार्ग सहित २० भन्दा बढी राजमार्ग अवरुद्ध, कहाँ-कहाँ अवरुद्ध छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ असोज २०८१, आइतबार
693Shares
पृथ्वी राजमार्ग सहित २० भन्दा बढी राजमार्ग अवरुद्ध, कहाँ-कहाँ अवरुद्ध छ ?
ncell

काठमाडौँ । बिहीबार रातीदेखि परेको अविरल वर्षाका कारण देशका २२ भन्दा बढी सडक अवरुद्ध  भएको छ ।

बाढीका कारण काठमाडौँ, उपत्यका प्रवेश गर्ने दक्षिणकाली सिस्नेरी सडक खण्ड पूर्णतः अवरुद्ध छ। त्यस्तै त्रिभुवन विश्वविद्यालयको सेवा आयोग अगाडिको सडक समेत अवरुद्ध रहनुको साथै, बल्खु–फर्पिङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

थानकोट हुँदै काठमाडौँ प्रवेश गर्ने पृथ्वी राजमार्ग चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा अवरुद्ध छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यता लेले–टीका भैरव जाने बाटो गोदावरी नगरपालिका वडा नम्बर ६ मा पूर्ण रूपमा अवरुद्ध  बनेको हो । प्रहरीका अनुसार कोशी प्रदेशअन्तर्गत राँके–भेडेटार सडक धनकुटाको चौबीसे गाउँपालिका वडा नम्बर १ सौर्यमा अवरुद्ध छ। दिक्तेल–गाईघाट सडक खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नम्बर ४ मा अवरुद्ध छ। इलामा मेची राजमार्ग माइखोलामा पहिरोका कारणले सडक अवरुद्ध  छ।

त्यसैगरी, उदयपुरमा बाढीले कटारी नगरपालिका वडा नम्बर २ मा सिद्धिचरण राजमार्ग अवरुद्ध तुल्याएको छ। पहिरोले कटारी नगरपालिका १४ चनौटेमा सिद्धिचरण राजमार्ग नै अवरुद्ध छ। बागमती प्रदेशअन्तर्गत उपत्यका प्रवेश गर्ने कान्तीलोकपथ मकवानपुरको घट्टेपाखमा अवरुद्ध छ। भीमफेदी–कुलेखानी–फाखेल सडक इन्द्र सरोवर गाउँपालिका–२ सुकौरामा अवरुद्ध छ। कान्तीलोकपथ खण्ड नै मकवानपुरकै आँपचौर र लाम्राङमा अवरुद्ध छ।

त्रिभुवन राजपथ नै थाहा नगरपालिका वडा नम्बर ५ मा पनि अवरुद्ध छ। पहिरोले कुलेखानी–मार्खु सडक पनि इन्द्र सरोवर गाउँपालिका वडा नम्बर १ मा अवरुद्ध छ। त्रिभुवन राजपथ थाहा नगरपालिका वडा नम्बर ११ मा टिस्टुङ देउरालीमा पूर्ण रूपमा अवरुद्ध छ। सिस्नेरी दक्षिणकाली सडक इन्द्र सरोवर गाउँपालिका वडा नम्बर ३ मा अवरुद्ध छ।

त्यस्तै, पासाङल्हामु राजमार्ग रसुवाको गोसाईंकुण्ड गाउँपालिकाको टिमुरे बजारमा बाढीले अवरुद्ध छ।  पहिरोले पासाङ ल्हामु राजमार्ग नै गोसाईंकुण्ड गाउँपालिकाको मेदाफुदुङमा अवरुद्ध छ। काभ्रेपलान्चोकमा रोशी गाउँपालिका वडा नम्बर ८ चारसयबेसीमा विपी राजमार्ग अवरुद्ध छ।

सिन्धुलीमा मध्यपहाडी लोकमार्ग गोलञ्जोर गाउँपालिका वडा नम्बर ६ मा पहिरो खस्दा अवरुद्ध छ। फिक्कल गाउँपालिका वडा नम्बर २ मा मध्यपहाडी राजमार्ग नै अवरुद्ध छ। हरिहरपुरगढी गाउँपालिकामा मदन भण्डारी राजमार्ग अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ।

साथै,धादिङमा ६ स्थान, धुनीबेसी, थाक्रे गाउँपालिकाको एक–एक, बेनीघाट रोराङ गाउँपालिकाको तीन ठाउँ र गजुरी गाउँपालिकाको छहरा र गल्छी गाउँपालिकाको चिरौँदीमा पृथ्वी राजमार्ग अवरुद्ध छ। सिन्धुपाल्चोकमा अरनिको राजमार्ग चौतारा साँगाचोक गढी गाउँपालिका वडा नम्बर ११ पहरी गाउँमा अवरुद्ध छ। सिन्धुपाल्चोककै भोटेकोशीको लार्चा र लिपिङमा पुल बगाउँदा अवरुद्ध छ।

चौतारा साँगाचोक गढीको ११ नम्बर वडामै वनदेउ–चौतारा सडक खण्ड पहिराले अवरुद्ध छ। सिन्धुपाल्चोककै पोखरेमा पनि यही सडक खण्ड पहिराले अवरुद्ध तुल्याएको प्रहरीले जानकारी दिएको छ। बाह्रबिसे–तातोपानी सडक बाह्रबिसे नगरपालिका वडा नम्बर ५ मा अवरुद्ध छ।

रामेछाप–सिन्धुली, खुर्कोट जोड्ने सडक मन्थली नगरपालिका वडा नम्बर ६ मा अवरुद्ध छ। गण्डकीमा  कालीगण्डकी करिडोरअन्तर्गतको सडक गैडाकोट नगरपालिका वडा नम्बर ३मा अवरुद्ध छ। त्यस्तै म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर  ६ बांगेमा बेनी–दरबाङ सडक अवरुद्ध छ। स्याङ्जाको वालिङ नगरपालिका–१३ मा सिद्धार्थ राजमार्ग अवरुद्ध छ।

पाल्पाको तिनाउ गाउँपालिका केराबारीमा सिद्धार्थ राजमार्ग अवरुद्ध छ। पाल्पाको तानसेन नगरपालिकामा पाल्पा–गुल्मी सडक अवरुद्ध छ। अर्घाखाँचीको शीतगंगा नगरपालिका २ भुवनपाटामा गोरुसिङ्गे–सन्धीखर्क सडक अवरुद्ध छ।

रोल्पाको त्रिवेणी गाउँपालिकामा रूकुम घोराही सडक अवरुद्ध छ। माडी गाउँपालिका २ मा पनि सडक अवरुद्ध छ। गुल्मीको छत्रकोटमा तम्घास–रिडी सडक अवरुद्ध छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्रीमा दाङ–सल्यान सडक अवरुद्ध बनेको प्रहरीले जानकारी दिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
693SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?