National life

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति मूल्य ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ असार २०८१, सोमबार
550Shares
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति मूल्य ?
ncell

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेलको ३ रुपैयाँ बढाएको हो ।

जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ ।

निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बढेको मूल्य आज राति १२ बजेर १ मिनेटदेखि लागू हुने पनि निगमले जनाएको छ ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ । सुर्खेत र दाङ वरपर १७० र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ पुगेको छ ।

डिजेल र मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५७ पुगेको छ । सुर्खेत र दाङ वरपर १५९ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?